दाङ, १२ असार
नेपाल विद्युत प्राधिकरण तुलसीपुरले पश्चिम् दाङको पुरन्धारा स्थित बगाल चौतारीमा नया ट्रान्सफर्मर जडान गरिदिएको छ । लामो समय देखी उक्त क्षेत्रका स्थानीयहरु कम भोल्टेजको मारमा परेका थिए । bidhut
नया ट्रान्सफर्मर जडान गरेपछि अब पश्चिम दाङ र सल्यानको सिमाना सम्मको विद्युतमा कुनै किसिमको समस्या नहुने प्राधिकरणका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो ।

आगामी महिना प्रतेक महिना को ४ दिन पश्चिम दाङबाट पनि महशुल बुज्ने ब्यबस्था सुरु गर्ने तयारीमा कार्यलयले जनाएको छ । पश्चिम दाङमा बिद्युत महशुल बुज्ने काउन्टर स्थापनाको लागी हापुरे उद्योग बाणिज्य संघले प्रयास गर्दै आइरहेको छ ।।