इन्द्रेणी संवाददाता
रुकुम, १२ असार
रुकुमको स्यालापाखालाई जिल्लाको १७ औं गाविसका रुपमा आज जातिय छुवाछुत मुक्त तथा सदभावयुक्त गाविस घोषणा गरिएको छ । छुवाछुत मुक्त गाविस घोषणाका लागी सम्पुर्ण सुचकहरु पुरा भएपछि स्यालापाखालाई जातिय छुवाछुत मुक्त तथा सद्भावयुक्त घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा वोल्ने वक्ताहरुले जातीय छुवाछुत अन्त्य गर्ने दायित्व दलित र गैरदलित दुवैको हुने वताएका छन । कामकै आधारमा अचेतन र रुढि मानसिकताले जातपातको विभाजन गरि छुवाछुतको सुरुवात गरिएकाले यसको अन्त्य गर्ने दायित्व सवै सचेत नागरिकको हुने वक्ताहरुको भनाई थियो ।
पछिल्लो पुस्ताका पढेलेखेका नागरिहरुवाट छुवाछुत हुनु झन लजास्पद भएकाले जातीय भेदभाव गरि दण्डित नहुन कार्यक्रमका वक्ताहरुको सुझाव थियो । उनीहरुले दलितहरु सँगै वर्गिय हिसावले उत्पीडनमा परेका गैरदलितहरुलाई पनि माथी उठाउन आवस्यक रहेकोमा जोड दिएका छन ।
गाविस सचिव लोकवहादुर खत्रीको अध्यक्षता तथा जिल्ला विकास समितिका कार्यक्रम धिकृत चिन्तामणी दाहालको प्रमुख आतित्थ्यमा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामशुर वुढा विरता र जिल्ला विकास समिति अन्तर्गत दलित समन्वय समितिका उपाध्यक्ष टेकवहादुर नेपालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
दलित एकता मञ्च स्यालापाखाको आयोजना र गाउँ विकास समितिको सहयोगमा गाविसलाई छुवाछुत मुक्त घोषणा गरिएको हो । रुकुमलाई २०७४ साल जेठ २१ गते जातिय छुवाछुत मुक्त तथा सद्भावयुक्त जिल्ला घोषणा गर्ने लक्ष राखिएको छ ।।