तुलसीपुर २९ फागुन । बालात्कारको आरोपमा दाङमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी ५५ बर्षीय बाबुराम पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत बर्षको भदौ २६ गते पुरीले सुस्त मनस्थिती भएकी १४ बर्षीया बालिकालाई वलात्कार गरेर फरार रहेका थिए । फरार रहेकै अबस्थामा आइतवार उनलाई पक्राउ गरिएको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।
अभियुक्त पुरीलाई आइतवार प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ विजौरीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा सोमवार नै पठाइएको प्रहरीले जानकारी दिएको छ ।











