गोविन्द खड्का
घोराही, २७ फागुन । छाडा गाई गोरुलाई घोराही बजारबाट गाउ“तिर पठाउन शनिवार कान्जीहाउसमा जम्मा गरिएको छ । आइतवार कागजी प्रकृया पुरा गरी गाईगोरु पठाउन लागेको उपमहानगरपालिकाले जनाएको छ ।

gai goruघोराही उपमहानगरपालिकाका कर्मचारीले दिनभरी बजारका गाई गोरु खेरेका थिए । दर्जनौ गाई गोरु तथा वाच्छाहरु कान्जीहाउसमा राखिएको छ । केहि गाई गोरुका गोसा“ मेरो छोड्दिनुस भन्न आएको उपमहानगरपालिकाका ईन्जिनियर रामधन श्रेष्ठले बताए । उहाकाअनुसार प्रकृयापुरा गरेर लैजाने गरि आईतवार दश बजे उपस्थित हुन भनिएको छ ।

सम्झौता अनुसार गाई गोरु पठाउन लागिएको घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डेको भनाइ थियो । कान्जिहाउसमा गाई गोरुको अवस्था हेर्न पुगेका पाण्डेयले अधिकांश छोप्न सफल भएको प्रतिकृया दिनुभयो । बाच्छा पाउने, जोत्ने गोरु, दुधदिने गाई लगाएत गाउघर तिर राम्रो मुल्यमा विक्री हुने गाई गोरुहरु रहेका छन् । कसैले फिर्ता लिन चाहेमा दिन सकिने छ ।

यसो त बजार क्षेत्र अब हरा भरा गराउन सजिलो हुने घोराही १४ का अध्यक्ष शक्तिराम डागिले जानकारी दिनुभयो । उनले  राष्टिय जनावार गाईको सम्मानका लागि पनि पठाउन लागेको बताए । रातिको समयमा खानका लागि घास पानीको व्यवस्थ ागर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उपमहानजरपालिकाका विपद व्यवस्थापन तथा वातावरण विभाग प्रमुख अध्यक्ष डागिले आफ्ना गाई गोरु चिनेर समयमै लैजान आग्रह गरे ।

उपमहानगर पालिकाको प्रकृया पुरा गरेर लैजानेलाई आईतावर सम्म समय दिने उनको भनाई छ । त्यसो नगरे गाई गोरु पठाउने पुरा व्यवस्था मिलाईएको छ । आईतवारै पठाईने छ । अघिल्ला बर्षहरुमा घोराहीले रिहारमा लगेर गाईगोरु जंगलमा छोड्ने गर्दथ्यो । केहि दिन पछि फर्केर बजारमैपुग्थे । त्यसरी बजारमा फर्केर आउने अबस्था नहुने अध्यक्ष डागिको भनाई छ ।