धनगढी, २७ फागुन । बोक्सी आरोपमा कैलाली घोडाघोडी नगरपालिका–५ देउकलीमा स्थानीय १८ वर्षीया युववी राधा चौधरीमाथि कुटपिटमा संलग्न किस्मती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

photo२० वर्षीया किस्मतीलाई धामी भनिएका रामबहादुर चौधरीसँग मिलेर राधालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले बताएका छन् । गाउँबाटै पक्राउ परेकी किस्मतीलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।