रेखा मगर
दाङ, १२ असार
बावुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति नेपालको दाङ काठमाण्डौ सम्पर्क संयन्त्रको संयोजकमा दिपक पोख्रेल चयन हुनुभएको छ ।11

काठमाण्डौमा सम्पन्न प्रथम भेलाले पोख्रेलको संयोजकत्वमा ५५ सदस्यीय संयन्त्र निर्माण गरेको हो ।

जसको सहसंयोजकमा अमृता जिसी, सचिवमा देव केसी, कोषाध्यक्षमा छवि बशन्त खनाल रहनुभएको छ ।

यसैगरी भेलाले क्षत्रीय संयोजकहरु पनि चयन गरेको छ ।

क्षेत्र नं १ को संयोजकमा शान्तराज गिरी, सहसंयोजकमा गोविन्द परियार, क्षेत्र नं ३ को संयोजकमा गोविन्द केसी, क्षेत्र नं ४ को संयोजकमा चोपेन्द्र केसी, सहसंयोजकमा आशिष भटट्राइ र क्षेत्र नं ५ को संयोजकमा बिमल भण्डारी चयन हुनुभएको छ ।

222क्षेत्र नं २ को क्षेत्रीय संयोजक भने आगामी दिनमा चयन गर्ने गरिने संयन्त्रका संयोजक दिपक पोख्रेलले जानकारी दिनुभयो ।

यसैगरी भेलावाट विद्यार्थी संयोजकमा महेन्द्र कुंवर, सहसंयोजकमा अनुप शर्मा, युवा संयोजकमा तफान चन्द, सहसंयोजकमा उज्जल अधिकारी, शिक्षक संयोजकमा कृष्णप्रसाद शर्मा चयन हुनुभएको छ ।

नयाँ शक्ति नेपालको दाङ काठमाण्डौ सम्पर्क संयन्त्रको सल्लाहकारमा दाङकै डा. जीवराज आचार्य, हरिप्रसाद पौडेल र फुर्पा शेर्पा रहनुभएको छ ।

उक्त संयन्त्रले पार्टीको गतिविधिमा दाङवाट काठमाणडै र काठमाण्डौवाट दाङमा सहज सम्वन्ध स्थापित गर्नेछ ।।