काठमाण्डौ, १२ असार
भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको प्रमुख भएर आफै भ्रष्टाचारमा लिप्त भएको आरोपसहित अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरिएको छ ।Dr.-Govinda-KC

शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले योसहित चार बुँदे माग सार्बजनिक गर्दै यस्तो माग गर्नुभएको हो ।

शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्ने संस्थाको प्रमुख कार्की आफै भ्रष्टाचारमा लिप्त भएको, आसेपासे र भाइ भतिजाले खोलेका मेडिकल कलेजलाई प्रवद्र्धन गर्न जिम्मेवार निकायका पदाधिकारीलाई ब्ल्याक मेलिङ गरेको आरोप लगाउनुभएकोछ ।

माग पूरा नभए २६ असारदेखि आमरण अनसनमा बस्ने घोषणा समेत गर्नुभएको छ ।
चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्न, माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्न र आफूसँग विगतमा भएका सहमति सम्झौता पालना गर्न पनि माग गर्नुभएको छ । डा. केसीले दुई हप्ता भित्र यी मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने बताउनुभयो ।।