इन्द्रेणी संवाददाता
घोराही, १२ असार
लागुपदार्थ दुव्र्यसनी न्यूनिकरणकरणका लागी सचेतना र कानुन कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिइएको छ ।

11लागुपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आज जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले लागुपदार्थ दुव्यर्सनीको प्रयोग तथा ओसारपसार रोक्नका लागि नागरिक स्तरमा सचेतना आवश्यक रहेकोमा जोड दिइएको हो ।

पछिल्लो समयमा लागुपदार्थको प्रयोगसँगै ओसारपसारका घटनाहरुमा समेत वृद्धि गैरहेको भन्दै बक्ताहरुले दुव्यर्सनका घट्नाहरुलाई न्यूनिकरण गर्न युवाहरुसँगै अभिभावकहरुलाई समेत सचेत गराउन आवश्यक रहेको बताए ।

लागुपदार्थ दुव्यर्सनीको प्रयोग तथा ओसार प्रसारका घट्नाहरुमा युवाहरुको संलग्नता देखिने र त्यस्ता युवाहरु अभिभावकहरुको सम्पर्क बाहिर रहने गरेको पाइएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरजप्रताप सिङले लागुपदार्थ दुव्यर्सनीवाट युवाहरुलाई बचाउनका लागि अभिभावकहरुले आफ्ना सन्तानहरुलाई निगरानीमा राख्नुपर्ने बताउनुभयो ।

222त्यस्तै अरुको देखासिकी, रहर, घरको तनाव, आर्थिक प्रलोभन लगायतका कारण युवाहरु लागुपदार्थ दुव्यर्सनीसँगै ओसारपसराका घटनाहरुमा संलग्न हुने गरेको प्रमुख सिंहले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षता भएको कार्यक्रममा प्रहरी प्रमुख एसपी सिहंले लागुपदार्थ दुव्र्यसनी, युवाहरुको संलग्नता, यसवाट बन्न सकिने उपायका बारेमा जानकारी गराउनुभएको थियो ।।