सल्यान, २४ फागुन । सल्यान कपुरकोटको खालि मिलनबजारमा तीन दिने ब्यवसायिक बाख्रा पालन तालिम विहिबार सम्पन्न भएको छ । कपुरकोट गाउँपालिका पशु सेवा शाखाको आयोजनामा तालिम भएको हो ।

IMG_20180308_170009तालिममा कपुरकोट १, २ र ५ नम्बर वडाका १७ जना महिला र १३ जना महिलाहरु गरि ३० जनाको सहभागिता रहेको थियो । तालिममा बाख्राका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन तथा बाख्रामा लाग्ने प्रमुख रोगका बारेमा जानकारी गराइएको थियो ।

तालिममा बाख्रा पालन गर्दै आएका र बाख्रा पाल्न ईच्छुक महिला पुरुषको सहभागीता थियो । तालिमको समापन गर्दै कपुरको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले गरिवि हटाउन र जीवनस्तर माथी उठाउन बाख्रा पालनले महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए । आफ्नो उद्देश्य व्यवशायीक रुपमै बाख्रा पालन गर्ने किसान उत्पादन गर्ने भएको बताउँदै उनले तालिममा सिकेको सिप प्रयोग गरेर नमुना व्यवशायी बन्न आग्रह गरेका थिए ।

तालिमपश्चात धेरै कुराहरु सिकेको बताउँदै तालिममा सहभागी कपुरकोट ५ का विशाल बुढाथोकीले अव आफुहरु धेरै क्षेत्रमा हात हाल्नु भन्दा पनि बाख्रापालनलाइ नै विशेष जोड दिएर आयआर्जनको बाटोमा लाग्ने धारणा राखेका थिए ।