इन्द्रेणी संवाददाता
काठमाडौं, २४ फागुन। पूर्व जनमुक्ति सेनाको नाममा फागुन २५ र २६ गते नेपाल बन्द भनेर आतंक फिजाउने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट गुरुङलाई पक्राउ गरेको हो । गुरूङले पूर्व जनमुक्ति सेनाको नाममा छुट्टै समूह गठन गरेका थिए ।
उक्त समूहले ४ बूँदे माग राख्दै सो बन्दको आह्वान गरेको थियो । जनयुद्ध र आन्दोलनका घाईतेहरुलाई निःशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मानसहितको प्रमाणपत्र, पेन्सनसहितको ब्यवस्था गरौँ लगायतका माग राख्दै सो बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ ।











