इन्द्रेणी संवाददाता
रोल्पा, २४ फागुन । रोल्पामा सवारी दुर्घटना न्यूनिकरण गर्न गाडी चालकहरुको आँखा जाँच गरिएको छ । आँखाको समस्याका कारण पनि सडक दुर्घटना हुने गरेको भन्दै चालकहरुको आँखा जाँच गरिएको हो ।

eyeee

फोटो फाइल

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले जिल्ला सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा चालकहरुको आँखा परिक्षण गरेको हो ।

सवारी चलाउदा चालकहरुको दृष्टि दोषका कारण पनि सडक दुर्घटना भएकाले उनीहरुको निःशुल्क रुपमा आँचा परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए । उनका अनुसार जिल्लामा सवारीका साधन चलाउदै आएको ४० जना चालकहरुको आँखा जाँच गरिएको हो ।