रोल्पा स्थानीय तह निर्वाचनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ । विकास तथा आयोजना निर्माण र बजेट अनुगमनका लागि छायाँ सरकार गठन गरिएको कांग्रेस रोल्पाले जनाएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

कांग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्क सम्पन्न भई संविधानबमोजिम सत्ता हस्तान्तरण भइसकेकाले आफ्नो प्रतिपक्षीय भूमिका सशक्त बनाउन पार्टीले छायाँ सरकार गठन गरेको हो । कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।