तुलसीपुर, २३ फागुन । तुलसीपुरमा बिच भलिवल प्रतियोगिता शुरु भएको छ ।
तुलसीपुर उपमहाननगरपालिकाले तुलसीपुर १२ को ववई नदी किनारमा आयोजना गरेको बिच गेमको उद्घाटन प्रदेश नंबर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली (माइकल)को अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री पोख्रेलले राष्ट्रलाई चिनाउन खेलको महत्वपूर्ण भुमिका हुने बताए ।











