धनकुटा, २३ फागुन । धनकुटामा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र चार गोठ जलेर नष्ट भएका छन् ।

firधनकुटा नगरपालिका–९ कोे जलकन्या सामुदायिक वनमा मुलघाट बजार क्षेत्र भन्दामाथि रहेको वनमा मंगलबार दिउँसो झण्डै २ बजेबाट डढेलो सुरु भएको थियो ।

हावाहुरीका कारण आगो अनियन्त्रित भई बस्तीमा पस्दा धनकुटा–९ माङडाँडाका मुखजित राई र मानबहादुर राईको घर जलेको धनकुटा प्रहरीले जनाएको छ । घरसँगै चारवटा गोठ र एक दर्जन चौपाया जलेका छन् ।