इन्द्रेणी संवाददाता
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ लिएको भन्दै कानुन व्यवसायी यज्ञमणि न्यौपानेले आज बुधबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

kp oliअधिवक्ता न्यौपानेले दायर गरेको रिटमा संसदको सपथ नगरेसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको जिकिर गरेका छन्। मुद्दाको पेसी पर्सी शुक्रबारका लागि तोकिएको छ। सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएपनि फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।