इन्द्रेणी संवाददाता
काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित श्रम कार्यालय परिसरबाट प्रहरीले ५० जना बिचौलियालाई पक्राउ गरेको छ। श्रम नविकरण गरी विदेशिने युवाहरूसँग चर्को शुल्क असुल्ने गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले बताए । उनका अनुसार प्रहरी नै ग्राहक बनेर बिचौलिया समातेको हो ।

बीमा र कल्याणकारी कोषका लागि लाग्ने शुल्कका अतिरिक्त अनलाइन भरेको शुल्कबाफत भन्दै ७ सय रुपैयाँदेखि माथि लिने गरेका छन् । सोल्टीमोडको चोकदेखि नै बिचौलिया सक्रिय हुन्छन् ।
म्यादी जीवनबीमाका लागि कार्यालय सञ्चालन गरिएका बीमा कम्पनीहरुका प्रत्येक शटरमा बिचौलियाले अड्डा जमाइरहेका हुन्छन् । पहिलो पटक विदेशिने युवाहरूको सम्बन्धित म्यानपावरले श्रमको कार्य सकिदिएको हुन्छ । तर, बिदामा आएर फर्कने क्रममा रहेका कामदारको श्रम नविकरणको समयमा दलालमार्फत् ठगिने गरेका छन् । एभरेष्ट दैनिकमा खबर छ
श्रममा विगतमा जस्तै लामो लाइन बस्नु नपरेपनि युवाहरूले बिना शीर्षकमा बिचौलियालाई रकम बुझाउन बाध्य छन् । श्रम विभागले अनलाईन प्रणालीको विकास तथा सुरुवात गरेपनि कामदारलाई श्रम नविकरणका लागि आवश्यक जानकारी गराउन यथेष्ट प्रयास नगरेकोले कामदारहरू बिचौलियासँग ठगिएका छन् ।











