गोविन्द खड्का
घोराही, २३ फागुन । रातै फुलेको छ पात नदेखिने गरी । सोत्तर बनाएको छ खसेका फुलहरुले रुख वरपरको क्षेत्र जति । केहि फूल संकलन गरेर सुकाइएको छ । त्यसबाहेक घोराही १८ भया“रस्थानको सेतो पला“सका फुलको कुनै उपयोगिता देखिएको छैन ।
त्यो रुखले विगत विस बर्ष अघि देखि माघ फागुन तिर फुलेर सुन्दरता बढाएको शिवबहादुर वस्नेतले जानकारी दिनुभयो । त्यसरी उराठ लाग्दो सिजनमा झकाझुर फुलेर शोभा दिने त्यस क्षेत्रकै एउटा रुख हो । हजारी, मखमली लगाएत धेरै फुलहरु सुकिसकेका छन् । पतझर जंगलमा धेरैरुखहरु ठटेरा देखिन्छन् । त्यो सेतो पलासले भने हा“गै नुहाउने गरी फुल फुलाएको छ ।
केहि बर्ष अघि देखि जण्डिसका विरामीले लैजाने गरेको खिम बहादुर वस्नेतले जानकारी दिनुभयो । त्यो पनि आक्कल झुक्कल मात्रै जान्छ । पलासले दिने उपयोगीताका बारेमा खास्सै जानकार भेटिएनन् । त्यसकारण हरेक बर्ष पलासको फुलहरु बषौ साल खेर गइरहेको छ ।
धुलो पारेको पलासको फुल साझा पानीमा हालेर विहान प्युनेहो भने धेरै फाईदा गर्ने त्यस क्षेत्रका जडिवुटि एवं झारफुक गर्ने बैद्य विश्व रावतले जानकारी दिनुभयो । उहाका अनुसार बच्चा देखि बुढा सम्म सबैका लागि उपयोगी छ ।
‘फुल जस्तो बस्त त्यसै राम्रो हो’ रावतले भन्नुभयो, ‘जण्डिसको त ठुलो दवाई हुन्छ ।’ उहाका अनुसार औषधि गर्न बजार जानुभन्दा उत्तम उपाए हो । रावतहरुका अनुसार विगत २० वर्ष देखि फुल्दै आएको छ । त्यस अघि पनि एउटा ठुलो रुख थियो । त्यो मासिएपछि अर्को रुख भयो । अहिले त्यो रुखले अर्को रुख बनाउन सकेको छैन । ‘यो उत्पती हुने कुरा हो’ बैद्य बस्नेतले भन्नुभयो, ‘सजिलै सार्न सकिन्न ।’ उहाले भने जस्तै साल जस्तो आफै सिर्जिने बोट हुन सक्छ त्यसको तथ्य भने खोज गरिएको छैन ।
यसो त लक्ष्य वर्तिकामा पलासको पातको टपरीमा बत्ती बालेको जति धर्म अरुमा नहुने लेखिएको पण्डित युगराज पोख्रेले जानकार दिनुभयो । पुजाआजामा सर्बस्रेष्ठ मानिने पात, डाठ तथा फूल लाख बत्ती, स्वस्थातनी, सप्ताह सबैमा खोज्छन् । यसरी बहुउपयोगी रातो पलास विस्तार गर्न भने सकिएको छैन । पटक पटक अन्त सार्न खोज्दा पनि बचाउन नसकिएको पण्डित पोख्रेलले जानकारी दिनुभयो । यसो त नेपालमा रहेका अनेकौ उपयोगी जटिवुटिहरु चिन्नै नसक्दा खेर गएका छन् । सेतो पलास जति उपयोगी नभएपनि लाभदायक छ ।











