इन्द्रेणी संवाददाता
काठमाडौं, २३ फागुन । साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । गए राति उनको निधन भएको बताइएको छ । राइको निधनले नेपाली साहित्य जगत् मर्माहत भएको छ।
९१ वर्षीय साहित्यकार राईको दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको परिवारनिकट स्रोतले जनाएको छ। उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।











