इन्द्रेणी संवाददाता
दाङ, १२ असार
दाङका खोलाहरुवाट अनुमति विना नदिजन्य पदार्थको उत्खनन् तथा निकासी गर्ने काम भइरहेको छ ।
save
दैनिक जसो ढुंगा, गिटटी वालुवा उत्खनन र निकासीमा प्रयोग गरिएका गाडीहरु प्रहरीले नियन्त्रणमा लिइरहेको समयमा आज पनि १४ वटा ट्याक्टरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार राप्ती नदिवाट अनुमति विना वालुवा निकासी गरिरहेका १४ वटा ट्याक्टरलाइ गोग्ली नजिकैवाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका ति ट्याक्टरहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको र आवश्यक कारवाही प्रक्रिया सुरु गरिने प्रहरीले वताएको छ ।।