इन्द्रेणी संवाददाता
काठमाडौं, २३ फागुन । नेकपा एमालेसहितको वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपतिको उम्मेदवारमा अघि सारिरहेका वेला नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेको छ ।

bedeeआज बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
निर्वाचन कार्यतालिाका अनुसार नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।