काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पुरानै पार्टीमा फर्किन आग्रह गरेका छन् ।

Prachanda_Baburamनयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई मंगलबार पार्टी प्रवेश गराउँदै उनले भट्टराईलाई कुनै अप्ठ्यारो नमानी आउन आग्रह गरेका हुन् । ‘आफ्नै हजारौँ लाखौँ साथीहरूसँग आउन किन लाज मान्नुपर्‍यो,’ प्रचण्डले भने, ‘कता हो कता जानुभएको छ, त्यो ठाउँभन्दा यही ठाउँ रमाइलो छ । तपाईंलाई माया गर्ने र अगाडि बढाउने मान्छे यहीँ छन् ।’

देवेन्द्र पौडेल माओवादी प्रवेश गरेर सांसद भएको भन्दै आवश्यकता परे मन्त्रीसमेत हुने उनले बताए । बाबुराम माओवादीमा आए कुनै भेदभाव नगरिने पनि प्रचण्डले बताए ।