इन्द्रेणी संवाददाता

काठमाडौं २३ फाल्गुन । उपेन्द्र यादव नेतृत्वको मधेश केन्द्रित दल संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुन तयार भएको छ । मंगलवारमात्रै फोरम नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने निर्णय लिएको थियो । बाम गठबन्धन संग भएको पटक पटकको छलफल पछि फोरम लाई परराष्ट्र सहित तीन मन्त्रालय दिने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तर सरकारमा जाने आफ्नो निर्णय भएपनि परराष्ट्र मन्त्रालय आफ्नो पार्टीले नलिने फोरम लोकत्रान्तिकका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जनाएका छन् ।