लक्ष्मण रसाइली
काठमण्डौ , २२ फाल्गुन । देश नयाँ र आमूल परिबर्तन भएको कुरा बारम्बार सुनिन्छ्न तर गरिब,दलितका पीडा भने अझै अथावत नै छ्न।जहाँ सपनाको शहर मानिने राजधानी काठमाण्डौमा दलित बाहेक अन्य थरी भन्ने बितिकै जताततै कोठा मिल्ने गर्दछ्न तर थर बिक अथवा दलित भन्ने बितिकै भएको कोठा बाट पनि निकालिन्छन, कारण केरुयहि हो त एक्काइसौं शताब्दी को परिबर्तन,यहि हो त जातिय छुवाछुत मुक्त भएकोरुतर देश भने अझै पनि ब्राह्मण बादी सत्ताको सिकार बनेको छ।
लोकतान्त्रिक ,गणतान्त्रिक पद्दतीमा चल्न थाल्यो भन्ने सुनिन्छ त्यो के कुरा मै सिमित हो तरुकि संविधानमा हक अधिकार नाम मै सिमित अक्षर मै सिमित हो आखिर अचम्म छ।मानव भएर मानव को जीवन बाच्न नपाउनु अनि देश कै नागरिक भएर मानबले मानबको व्यबहार न गति सम्म दुखद कुरा हो।त्यस्तै दुई जना कृयाशिल पत्रकारहरुलाइ राजधानीमा दलित भन्दै कोठाबाट निकालिएको छ।
इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँ स्थति घर मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिएको कोठा अरुलाई नै दिएका छन।
मंगलबार घटनाबारे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर दुबै जना पत्रकारले घर मालिकले आफूमाथि जघन्य अपराध भएको भन्दै न्यायको लागि प्रहरीकोमा मुद्दा जाहेरी गर्ने बताएका छन।
पत्रकार सम्मेलनमा पत्रकार विक्रम सुनारले घर मालिक गौतम दम्पतीले दुई कोठाको आफूहरुले कोठाको अग्रिम दिएर कोठा सर्ने बेला अरुलाई नै दिनुको साथै आफूहरु माथि दुव्र्यवहार गरेको बताए । “दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी त्यही पनि तयार भयौं ।
भाडा स्वरुप अग्रिम २५ सय दिएका थियौं । सर्ने दिनमा त अरु नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै उल्टै दुव्र्यवहार गरियो” विश्कर्माले पत्रकार सम्मेलनमा भने । फागुन ५ गते कोठा आफूहरुले लगेको र २० गते सर्ने बेला अरुलाई दिइसकेको उनले बताए ।
कोठा भाडाको बैना आफूहरुले दिइसकेकोले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डीएसपी र एसएसपी भएको बताउँदै उल्टै धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुव्र्यवहार भएको बताउँदै दलित जातीय छुवाछुत तथा कशुर सजाय ऐन २०६८ अनुसार घर मालिक गौतम दम्पतीलाई कारवाहीको माग गरेका छन् ।
गौतम दम्पनी निजामती कर्मचारी हुन,बाहिर जातिय बाहिर जातिय छुवाछूतको अनत्य हुनु पर्छ भन्दै हिडने गौतम दम्पतीले रास्टको चौथो अंग पत्रकारलाई नै जातिय विभेद गरेका छ्न।
पत्रकार सम्मेलनमा दलित अगुवा तथा सामाजिक अभियान्ता सरु सुनारले राजधानी मै दलित भएकै कारण पत्रकारमाथि दुव्र्यवहार हुनु चिन्ताको विषय भएको भन्दै न्यायको लागि आफूहरु कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिइन् ।
साथै राजधानीमा संसदले दलित भएकै कारण कोठा नपाउनु,पत्रकारहरु लाई नै जातिय छुवाछूतको सिकार बनाइनुले अझै पनि जातिय परिबर्तन नभएको समेत अभियन्ता सुनारले बताइन।











