इन्द्रेणी संवाददाता
काठमण्डौ २१ फाल्गुन । निर्वाचन सम्पन्न भएपछी निर्वाचित प्रतिनिधिको हिजो आइतबार संसद भवनमा सपथ ग्रहण भएको छ । दुवै सभाको सपथ ग्रहण हिजो भएपनि केहि संसद भने विभिन्न कारणले सपथ लिन गएनन् ।
सपथ लिन नजानेहरुमा प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझी ( माओवादी केन्द्र ) , धर्मशिला चापागाईं ( माओवादी केन्द्र ) , रेशमलाल चौधरी ( राजपा ) र महेन्द्र राय यादव ( राजपा ) र राष्ट्रिय सभाका रमेशप्रसाद यादव ( राजपा ) रहेको संसद सचिवालयले जनाएको छ ।