घोराही, १६ फागुन । स्थानीय तहहरुले नै नदिजन्य बस्तुको उत्खनन तथा संकलनको काम गर्ने निर्णय बमोजिम घोराही उपमहानगरपालिकाले त्यसको कार्यान्वयनका लागि बाटो खोलेको छ ।

Rapti-Rivarनगर कार्यपालिकाको बुधबार बसेको बैठकले उपमहानगरपालिका क्षेत्रभित्र विकास निर्माणको कामका लागि आबश्यक पर्ने ढुंगाजन्य बस्तुको संकलन र उत्खनन् गर्न पहिचान तथा व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको संयोजकमा घोराही उपमहानगरपालिका १८ का अध्यक्ष भरत अर्याल, सदस्यमा वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने र सदस्य सचिबमा इन्जिनियर रामधन श्रेष्ठ रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेअनुसार र जिल्ला समन्वय समितिबाट पेस भएको पत्रसहितको निर्णयलाई आधार बनाई घोराही उपमहानगरले आबश्यक नदिजन्य वस्तुका
संकलन र उत्खनन गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले घोराही उपमहानगरपालिकाको क्षेत्रमा संचालन हुने विकास निर्माण सम्वन्धि आयोजना सम्पन गर्नका लागि बाताबरण मैत्री ढंगबाट संकलन र उत्खनन् गर्ने निर्णय गरेको हो ।

ठेक्का लागेका खोला र त्यस बाहेकको क्षेत्रमा आवश्यक पर्ने नदिजन्य वस्तुको पहिचान तथा व्यवस्थापन गर्ने गरी समिति गठन भएको हो । उपमहानगरपालिका तहमा संचालन हुने विकास निर्माण सम्वन्धि आयोजनाको लागि मात्र बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रतिघन फिट २ रुपैयाँ राजस्व लिई उठाउने व्यबस्था गर्ने निर्णय भएको छ ।