इन्द्रेणी संवाददाता
काठमाडौं । एमाले माओवादी केन्द्रबीच पार्टी एकताका लागि गठित संगठन तथा विधान मस्यौदा कार्यदलको बैठक सकिएको छ ।

KP-बैठकले विधान खाका तयार गर्न र जनवर्गीय संगठनको एकीकरण सम्बन्धी प्रस्ताव तयार गर्न दुई उपसमिति गठन गरेको छ । कार्यदलले विधान खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाललाई जिम्मा दिएको छ ।

जनवर्गाीय संगठनको एकीकरणसम्बन्धी प्रस्ताव गर्न गिरीराजमणि पोखरेल र गोकर्ण विष्टलाई जिम्मा दिइएको छ । दुबै उपसमितिले आगामी २२ गते बस्ने बैठकमा प्रतिवेदन बुझाउन निर्देशन समेत दिएको छ ।