इन्द्रेणी संवाददाता
तुलसीपुर, १५ फागुन । दाङको तुलसीपुरको फोहर फाल्ने ठाउँमा नजनात शिशु मृत अवस्थामा फोला परेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको पातुखोला बगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्लास्टिकले वेरेर फालेको अवस्थामा शिशु फेला परेको डिएपी प्रकाश सापकोटाले बताए । शिशुको शवलाई हेर्दा करीव आठ÷नौ मिहनाको जसतो देखिएको प्रहरीले जनाएको छ ।
शिशु कस्ले किन फालेको भन्ने बारे खुल्न नसकेको भए पनि अबैध सम्बधबाट जन्मिएको हुन सक्ने अनुमान गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान भइरहेको डिएपी सापकोटाले बताएका छन् ।
