इन्द्रेणी संवाददाता
वाँके, ११ असार
बाँकेको उढरापुर स्वास्थ्यचौकीले २४ सै घण्टा प्रसुती सेवा दिएता पनि अझैं धेरै गर्भवति महिलाहरु घरमैं प्रसुती हुने गरेको पाईएको छ । स्वास्थ्यचौकी छेउकै एक महिलाले असुरक्षित रुपमा घरमैं बच्चा जन्माइएकी छन ।
जनचेतनाको अभाव, स्वास्थ्यकर्मी घरमैं आईदिनु पर्ने मान्यताका कारण असुरक्षित प्रसुती भईरहेको पाइएको हो । उपकरण घर, घरमा लैजान असहज भएका कारण घरमैं गएर प्रसुती गराउन असहज हुने स्वास्थ्यचौकीका ईञ्चार्ज केशव प्रसाद पौडेलले बताउनुभयो ।
जनचेतनाका अभावका कारण स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको उहाँको भनाइ छ । १५ हजार बरावरको भ्याक्सिन लगाउन नमान्ने स्थानीयवासीहरु कम रकम पर्ने औषधि नपाउँदा रिसाएर जाने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव छ । यस बर्ष ४० वटा मात्रै न्यानो झोला प्राप्त भएको छ ।।