इन्द्रेणी संवाददाता
दाङ, ११ असार
आज रातीदेखि लगातार परेको पानी कारण पहिरो जाँदा दाङको घोराही–होलेरी सडक खण्ड अवरुद्ध भएको छ । घोराही–होलेरी सडकखण्ड अन्र्तगत दाङ सैघा गाविस २ च्यानगैरा भन्ने स्थानमा पहिरो जादा सडक खण्ड अवरुद्ध भएको हो । save

सडक अवरुद्ध हुदा दाङबाट रोल्पाका होलेरी हुदै रोल्पा र प्यूठानको स्वर्गद्धारी जाने सवारीसाधन बिच बाटोमा अलपत्र परेका छन । होलेरीवाट आएको डोजरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हिउदमा धुलाम्य सडक वर्षा लागेपछि ठाँउठाँउमा पहिरो जाने गर्दा वर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका छन । पहिरो पन्छाउने क्रम जारी रहेकाले छिटटै नै सडक खुल्ने प्रहरीले वताएको छ ।।