रेखा मगर
दाङ, ११ असार
दाङमा गैरकानुनीरुपले खोलाहरुबाट ढुंगाजन्य बस्तुहरु उत्खनन र निकासीमा प्रयोग भएका ९ वटा गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको ववइ नदिमा अवैध ढुंगा गिटटी वालुवा उत्खखन गरिरहका एउटा डोजर र ४ वटा टेक्टरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका गाडीहरुमा रा १ क २५० नं को जेसिभी डोजर, रा १ त १९६०, रा १ त १८८१, रा १ त १२७७ र रा १ त ७१७ नं को टेक्टर रहेका छन । ति गाडीहरुलाय इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो ।
यसैगरी, अवैधरुपमा बालुवा उठाउँदै गरेका २ वटा टेक्टर, एउटा टिप्पर र एउटा स्काभेटरलाई पनि नियन्त्रणमा लिएका दाङ प्रहरीका प्रबक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
जिल्लाको सिस्नेखोला र सेवारखोलाबाट अवैधरुपमा बालुवा उठाउँदै गरेको अवस्थामा रा १ त १२३२, रा १ त ११९२ नम्वरको टेक्टर, रा १ क १४५ नम्वरको टिप्पर र बा १ क ९५१८ नम्वरको स्काभेटरलाई नियन्त्रणमा लिएर आबस्यक कार्वाहीमा लागि जिल्ला विकास समितिमा बुझाइएको डिएसपी शर्माले बताउनुभयो ।
यसैविच हिजो दाङ त्रिपुर नगरपालिका ११ स्थित एसके ईट्टा उद्योगको कार्यालयमा कोही नभएको अवस्थामा आगो लगाई फरार रहेका त्रिपुर ११ दुन्द्रा निबासी ४० बर्षिय निमबहादुर डाँगीलाई पक्राउ गरी आबस्यक कार्वाही सुरु गरीएको पनि प्रहरीले जनाएको छ ।।