इन्द्रेणी संवाददाता
सुर्खेत, १२ फागुन । प्रदेश ६ को आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको छ । बेठकले प्रदेशको राजधानी सुर्खेतलाई तोक्दै प्रदेको नाम कर्णाली नामाकरण गरेको हो ।

karnaliबैठकमा एमालेका सा‌ंसद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत राखियोस् भनेर पेश गरेको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले पारित भएको घोषणा गरेका थिए ।

कंडेलको प्रस्तावमाथि समर्थन जनाउँदै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने भन्दै सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्नुको विकल्प नभएको उक्त प्रस्तावमाथि समर्थन जनाए ।