काठमाडौं । राष्ट्रिसभा सदस्य सिफारिसको विवाद पुग्यो सर्वोच्च अदालत पुगेको छ । राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीबिरुद्ध रिट दायर भएको छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका पाला राष्ट्रियसभामा सिफारिस भएका गोपालकुमार वस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले शुक्रबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीपरिषदको कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेको हो ।
देउवा सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेको तीन जना सदस्यको नाम केपी ओली नेतृत्वको सरकारले उल्टाउँदै तीन जना नयाँ नाम सिफारिस गरेको थियो ।