काठमाडौं, ११ फागुन । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रवक्ता योगेश भट्टराईका अनुसार बैठकमा नेताहरुले पार्टीबाट मन्त्री छान्दा भूगोल, योग्यता र क्षमता हेरेर छनोट गर्नुपर्ने धारणा राखेका थिए ।

KP-Sharma-Oli-Nepal-Prime-Ministerत्यस्तै एमालेले गत फागनु सात गते एमाले माओवादीबीच भएको पार्टी एकताको सात बँुदे आधारपत्र अनुमोदन गरेको छ । बैठकले संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा ल्याउन छलफल गर्ने निर्णय समेत गरेको छ ।