इन्द्रेणी संवाददाता
बर्दिया, ११ फागुन । बर्दियामा एक जनाले आफ्नै वहिनीलाई फरुवा प्रहार गरी हत्या गरेका छन् । आफ्नै दाई नाता पर्ने १७ वर्षीय श्यामलाल थारुले बारबर्दिया नगरपालिका – ३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

feature0आज विहान थारुले फरुवाले हिर्काउँदा घाइते भएकी सावित्रीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो ।
घटनामा संलग्न श्यामलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।