तुलसीपुर, ११ फागुन । तुलसीपुर ६ बरुवागाउँमा रहेको गोर्खा मोडेल कलेजमा स्वागत तथा बिदाई कार्यक्रम भएको छ । बिबिएस प्रथम बर्षका बिद्यार्थीहरुलाई स्वागत गरिएको छ, भने चौथो बर्ष सकेर जान लागेका बिद्यार्थीहरुलाई विदाई गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि विदाई तथा स्वागत गरिएको हो ।
विद्यार्थी गीता चौधरीको अध्यक्षता तथा प्रिन्सीपल बिजय जिएमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा बक्ताहरुले बिद्यार्थी जीवनमा बिभिन्न दुःख कष्ट आउने भएकाले संघर्ष गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । संघर्ष गर्ने बिद्यार्थी भबिष्यमा सफल हुने उनीहरुको तर्क थियो । बिद्यार्थीहरुले किताबी ज्ञानमा मात्रै नभएर व्यबहारिक ज्ञानमा पनि जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिएमले बिद्यार्थीहरुले आफुले प्राप्त गर्ने अंक भन्दा पनि क्षमता बृद्धि गर्न तर्फ लाग्नु पर्ने बताए । त्यसका लागि बिद्यार्थीहरुले व्यबहारिक ज्ञान पनि सिक्नु पर्ने बताएका थिए । बिद्यार्थीहरुले आफु भबिष्यमा कस्तो मान्छे बन्ने भन्ने लक्ष्य बनाएर अगाडि बढे अबश्य पनि लक्ष्यमा पुग्न सकिने उनले बताए ।
