इन्द्रेणी संवाददाता
लहान, ११ फागुन। लहानमा छोराको फलामे रड प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् ।
घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए ।
रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । वहिनी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको छ । दासलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
