इन्द्रेणी संवाददाता
काठमाडौं । पार्टी एकतालाई एउटा अन्तिम विन्दुमा पुर्याएका प्रधानमन्त्री केपी शर्मा ओली आजै मन्त्री मण्डल विस्तार गर्ने तयारीमा रहेपनि विस्तार हुन सकेन ।

KP-केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा टुङ्ग्याउन नसकेपछि आजका लागि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।

त्यस्तै एमाले माओवादी केन्द्रबीच आजै मन्त्रीको बाँडफाँट टुङ्ग्याएर मन्त्री मण्डल विस्तार गर्ने र साँझसम्म नयाँ मन्त्रीहरुको शपथग्रण गराउने योजनामा प्रधानमन्त्री ओली भए पनि त्यो हुन सकेन । मन्त्रालयको टुङ्गो लगाउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहान वार्ता भएको थियो ।

तर मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्न नसकेको बताइएको छ ।