भुपेन्द्रप्रकाश वली
जिल्लाका ३ स्थानमा रहेका होम स्टे हरु बन्द हुने अवस्थामा पूगेका छन । यस क्षेत्रमा रहेका कला, संस्कृति, संस्कारको पहिचान तथा पर्यटन क्षेत्रको विकास एवम यहाँका मानिसको जीवनस्तरमा परिवर्तन ल्याउने उद्येश्यले होम स्टे हरु सञ्चालनमा ल्याइएको थियो । जिल्लाको रामपुर गाविसमा रहेको सवारीकोटमा मगर नमूना ग्राम, सौडियार गाविसको सिसहनियामा रहेको थारू नमूना ग्राम र देउखुरी गढवा गाविसमा रहेको अवधि नमूना ग्राममा होम स्टे सञ्चालनमा ल्याइएको थियो ।

home stay 2 - Copy
                      लक्ष्मीपूर गाबिसको सवारीकोट स्थित मगर नमुना ग्राम द्धारा सञ्चालीत होम स्टेका लागी भाडामा लिइएको घर

भौतिक पूर्वाधारको कमी , होम स्टे सञ्चालन संग सम्बन्धित ज्ञानको अभाव लगायतका कारणले ति होमस्टे हरु विस्थापीत हुने अवस्थामा पूगेको जिल्ला पर्यटन विकास समीतिका सदस्य गोविन्द आचार्यले जानकारी दिए । ‘‘ सबैभन्दा त व्यावसायीक मानसिकताको अभाव देखियो ’’ उनले भने ‘‘ होम स्टे जस्तो सामुदायीक प्रयासमा मात्र सफल हुन सक्ने व्यवसाय सञ्चालन गर्दा राज्यको मुख ताक्ने बानिले समस्या पैदा भएको हो ।’’
सदरमुकाम घोराही देखि ११ किलोमिटर मात्र टाढा रहेको सवारीकोटमा होम स्टे का लागी आवश्यक आधारभुत सुविधा जस्तै खानेपानी , बिजुली , स्वास्थय चौकीको अभाव रहेको छ । होम स्टेका लागी न्यूनतम ५ घर आवश्यक पर्नेमा हाल त्यहाँ एउटा घर त्यो पनि भाडामा लिएर होम स्टे सञ्चालन भइरहेको छ ।

मगरग्राम सामुदायीक होम स्टे सञ्चालन समीतिका अध्यक्ष कृष्ण बुढा मगरले भने राज्यले आवश्यक सहयोग नगर्दा आफुहरु समस्यामा परेको दाबि गरे । ‘‘ जोत्न नजान्नेलाई हलो थमाए जस्तै भएको छ’’ उनले भने ‘‘ होम स्टे सञ्चालन संग सम्बन्धित आवश्यक ज्ञान तथा तालिम नहुँदा हामी यो व्यवसायमा सफल हुन नसकेका हो । ’’

लाखौको लगानि खेर जाँदै

सरकारी ,गैरसरकारी तथा अन्य निकायबाट समेत गरि ति होम स्टे सञ्चालनका लागी लाखौको लगानि भइसकेको छ । तिन वटै स्थानमा ग्राम विकासका लागी करोड बढीको लगानि भइसकेको छ । यस्तै गढवा स्थित अवधि ग्राम बाहेक अन्य २ स्थानमा होम स्टे सञ्चालनका लागी प्रत्येकलाई १० देखि १५ लाख बराबरको लगानि भइसकेको छ । जिल्ला विकास समीति , पर्यटन कार्यालय भैरहवा र पर्यटन मन्त्रालय , गैरसरकारी निकाय तथा व्यक्तिगत रुपमा यस्तो सहयोग गरिएको हो । भौतिक पूर्वाधार , आबास , सडक , अवलोकन भ्रमण , जस्ता कार्यमा यसरी लगानि गरिएको थियो । यद्यपी लगानि गरिए अनुरुप काम अघि बढन सकेको छैन ।

home stay 1सौडियार गाबिसमा रहेका नमुना थारु गा्रममा माछा पालनको उद्येश्य राखि पोखरी निर्माण गरिने भनिएको स्थानमा असार महिनामा पनि पानिको थोपा भेटिदैन भने होमस्टे का लागी तयार पारिएका नमुना घरहरुमा पनि धुलो जमेको छ । ‘‘ व्यवसायीक चेतनाको अभावमा होम स्टे सञ्चालक हरुले लगानिको सदुपयोग गर्न सकेनन ।’’ स्थानिय विकास अधिकारी रमेश गौतमले भने ‘‘ आफनो समुदायीक व्यवसायको उन्नतीका लागी समुदाय आफै पनि लगानि गर्न उत्सुक हुनुपर्नेमा त्यस्तो भएको पाइएन । ’’

छैन आगामी योजना
उल्लेखय प्रगति नदेखिएपछि जिल्लामा क्रियाशील पर्यटन विकास समीतिले होम स्टे सञ्चालनका चालु वर्षका लागी कुनै पनि योजना तयार पारको छैन । यद्यपी अन्तीम प्रयास स्वरुप ३ वटै होम स्टे सञ्चालन समीतिलाई १ लाखको दरले बजेट छुटयाइएको पर्यटन विकास समीतिका सदस्य आचार्यले जानकारी दिए । स्थानिय होम स्टे सञ्चालन समीतिसंग पनि कुनै ठोस योजना भएको पाइएको छैन । यद्यपी बजेट तथा तालिमको व्यवस्था गरिए आफुहरुले आगामी दिनमा पनि होम स्टे सञ्चालन कार्य लाई जारी राख्ने थारु नमुना ग्राम होम स्टे सञ्चालन समीतिका अध्यक्ष वेजलाल चौधरीले जानकारि बताए ।

शूरुवाति चरणमा जिल्लामा रहेको जातिय ,भाषिक, विविधता र पर्यटकिय सौन्दर्यको उपल्बधताले होम स्टे व्यवसाय अत्यन्त सफल हुने अपेक्षा गरिएको थियो ।तर स्थापना गरिएको २ वर्ष बित्दा पनि ति होम स्टे ले व्यवासायीक उन्नती गर्न सकेको देखिदैन । ‘‘ दाङको विविधता तथा पर्यटनको विकास प्रतिको अपेक्षाले होम स्टे पक्कै पनि सफल हुने अपेक्षा गरिएको थियो ’’ पर्यटन पत्रकार समाजका केन्द्रिय अध्यक्ष धनिराम न्यौपानेले भने ‘‘ सरकारी र स्थानिय होम स्टे सञ्चालकहरु बिचको आवश्यक समन्वयको अभावले हाल यो अवस्था आइपुगेको छ । अझै पनि असफलताको समीक्षा गरेर समन्वय गरेर अघि बढे सम्भावना गुमेको छैन ।’’

फोटा क्यापसनः  ।