दाङ , १० असार । दाङको सतबिरया ६ गोझेनामा वम फेला परेको छ । खेत जोत्नेक्रममा ३६ नम्वर हेण्ड ग्रिनेड वम फेला परेको छ ।
बम फेला परे लगतै स्थायिनले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको घोराही वाट गएको वम डिस्पोजल टोलीले नस्कृय पार्ने तयारी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिनुभयो ।
बम भेटिएको खेत पुर्ब गृहमन्त्री खुम बहादुर खडकाको भएको स्थानियले बताएका छन् । बममा खिया लागेको छ । सोही बम द्धन्द्ध कालमा फालीएको हुन सक्ने प्रहरी प्रमुख खडकाले जानकारी दिनुभयो ।।
