FB_IMG_1518825397370घाम घामजस्तो होस्,अनि पो घाम हुन्छ
काम कामजस्तो होस्,अनि पो काम हुन्छ ।

देखाउने र चपाउने दाँत हात्तीका फरक
बाम बामजस्तो होस्,अनि पो बाम हुन्छ ।

सुनिन्छ्न् बजारमा,अनेकथरी कुरा
नाम नामजस्तो होस्,अनि पो नाम हुन्छ ।

एउटा ताक्छ पुर्व,अर्को तक्छ पश्चिम
मन मन जस्तो होस्, अनि पो तमाम हुन्छ ।

बोल्छौ एउटा कुरा,गर्छौ अर्कै कुरा
पीडा पीडा जस्तो होस्,अनि पो बदनाम हुन्छ ।।