इन्द्रेणी संवाददाता
काठमाडौं, ४ फागुन। सिन्धुलीमा जीप दुर्घटना भएको छ । कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना भएको हो ।

34_taxi_accident

फोटो फाइल

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । वीपी राजमार्गबाट ५० मिटर तल जीप खसेको बताइएको छ ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । घटनामा मृत्य हुने र घाइते हुने सबैको नाम अझै खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।