इन्द्रेणी संवाददाता
दाङ, ४ फागुन । जनगायक जीवन शर्माले आज दर्शकहरुलाई छमछमी नचाए । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी व्यापारिक तथा पर्यटन महोत्सवमा आज शुक्रवार महोत्सवको दोस्रो दिन उनले दर्शकलाई नचाएका हुन् ।
जनगायक शर्माले आज सिमली छायाँमा वसी भरिया लामो सास फेरेको……….., यसपालि त यस्तै भो आमा अर्काे साल आउनेछु दशैमा……..लगायतका गीतहरु राखेका थिए । उनको सांगितिक प्रस्तुतीमा दर्शकहरु आफ्नै तालमा नाचेका थिए ।
आज कलाकारहरु चन्द« शर्मा, रिता केसी , सालीकराम चौधरी राधीका हमाल देवेन्द« वस्नेत, पिताम्वर शर्मा देवि भण्डारी लगाएतका कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए । हजारौं दर्शकले मेला अवलोकन गरेका थिए ।