काठमाडौं, ४ फागुन। सरकारले नयाँ प्रधानमन्त्री पाएसँगै शेरबहादुर देउवाले सरकारी निवास छोडेका छन् । आज दिउँसोको खाना खाएपछि देउवा बालुवाटार छाडेर आफ्नो निजी निवास बुढानिलकण्ठ लागेका हुन् ।
देउवाले हिजैदेखि सामानहरु आफ्नो निजी निवास बुढानिलकण्ठ सार्न थालेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । गत असार ५ गते प्रधानमन्त्रीका रुपमा सरकारी निवास प्रवेश गरेका देउवाले हिजो राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादीको समर्थनमा प्रधानमन्त्री भएका छन् ।











