इन्द्रेणी संवाददाता
काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता लगायत सरकार निर्माणको विषयमा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका छन्।

puspa_kamal_dahal_prachandaएकीकृत अखिल नेपाल शिक्षक संगठनको पाचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले भने, ‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ।’

माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको बताउँदै प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति भइसक्ने दावी गरे।

‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ’, प्रचण्डले भने, ‘माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको छ, पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति हुन्छ ।’