काठमाडौं, ५ फागुन । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनाउने÷बन्न राजनीतिक दल र नेताहरू भित्री तयारीमा जुटेका छन् । निर्वाचन आयोगले २१ फाुगनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरू गुपचुप रूपमा भित्रभित्रै सहमति खोज्ने गरी अघि बढ्ने तयारीमा लागेका हुन् ।

bedy and khanaप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नै राष्ट्रपति पदका लागि कार्यकाल दो¥याउन चाहेकी छन् । उनले माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेको स्रोतले बताएको छ ।

एमालेबाट राष्ट्रपतिका लागि बलियो दाबेदारका रूपमा वरिष्ठ नेता झलनाथ खनालसमेत देखिएका छन् । खनालले सार्वजनिक कार्यक्रमहरूमा पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने बताउँदै आएका छन् । पूर्वसभामुख सुवास नेम्वाङसमेत एमालेबाट राष्ट्रपतिका दाबेदार मानिन्छन् । अर्कातर्फ माधव नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ तर उनी सक्रिय राजनीतिमा नै जोड दिने तयारीमा छन् ।

कांग्रेसभित्र भने संसद्मा गणीतीय रूपमा कमजोर रहेकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा एमालेमा जस्तो चर्चा छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘हामी संसद्मा गणितमा कमजोर छौं, त्यसकारण अहिले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा सोचिसकेका छैनौं । उम्मेदवारी दिने नदिने भन्ने विषयमा केही दिन पछि टुंगोमा पुग्छौं ।’

माओवादी केन्द्रका केही नेताले समेत प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई सघाएकाले राष्ट्रपतिमा आफ्नो दलको दाबी हुन सक्ने बताउँदै आएका छन् । राजधानीमा खबर छ ।