इन्द्रेणी संवाददाता
काठमाण्डौ, १० असार
काबुल आक्रमणमा गम्भीर घाइते भइ उपचारको क्रममा निधन भएका च्याङबा तामाङको शव नेपाल ल्याइएको छ ।
च्याङबाको शव आज बिहान ९ बजे काठमाडौं ल्याइएको हो ।
सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाको काबुलमा उपचारको क्रममा निधन भएको थियो ।
अतंकवादी अक्रमणमा च्याङवासहित १३ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । अन्य मृतकको शव अस्ती नै काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत लगिएको छ ।।
