इन्द्रेणी संवादाता
दाङ, १० असार
नेपाल पत्रकार महासंघ दाङले लमहीदेखि तुलसीपुर सडक खण्डमा ‘कृष्णसेन मार्ग’ लेखिएको होर्डिङबोर्ड राख्ने भएको छ । बिहीबार घोराहीमा बसेको महासंघको नियमित बैठकले यस्तो निर्णय गरेको हो । krishna

कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षतामा बसेको बैठकले अर्जुनखोलामा, घोराही र तुलसीपुर गरी तीन स्थानमा कृष्णसेनको नामांकित बोर्ड राख्ने निर्णय गरेको हो ।

केही वर्ष अगाडि सरकारले लमही– तुलसीपुर सडकखण्डलाई ‘कृष्ण सेन’मार्ग घोषणा गरे पनि चलन चल्तीमा आउन सकेको छैन । युद्धकालमा सेनाबाट मारिएका पत्रकार सेनलाई सहिदसमेत घोषणा गरिएको छ ।

उहाँैको स्मृतिमा उक्त मार्गको नामाकरण भएको हो । त्यस्तै बैठकले यही असार २५ गतेदेखि घोराहीमा पत्रकारका लागि एक हप्ते योग शिविर सञ्चालन गर्ने भएको छ । महासंघको भवनमा बिहान ५ बजेदेखि सुरु हुने निशुल्क योग शिविरमा सहभागी हुन पनि पत्रकार महासंघले सबै पत्रकारहरुलाई आमन्त्रण गरको छ।।