इन्द्रेणी संवाददाता
सिसहनियाँ १० असार
बाल सञ्जाल सिसहनियाले विवाहको अन्तिम तयारी अवस्थामा रहेको एक जोडीको बाल विवाहलाई रोकेको छ ।
देउखुरीको सिसहनियाँ ७ पत्थरगढवा निवासी १५ वर्षिय बालिका र बर्दिया निवासी १७ वर्षिय बालकको विवाह पक्का भएको अवस्थामा बाल विवाह रोकिएको हो ।
बाल विवाह रोक्न प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकको नेतृत्वमा गएको टोलीले बालिकाको घरमै पुगी बालिकाको बावु आमा र बालिकालाई सम्झाई बुझाई गरेको थियो । बालिकाका बावु आमालाई बाल विवाह गर्न नहुने भन्ने ज्ञान नहुदा सो अवस्था आएको प्रहरी प्रमुख वैदिकले बताउनु भयो ।
सिसहनियाँ गाविसलाई २०७३ चैत्र मसान्त सम्म बालमैत्री गाविस घोषणा गर्ने गरि कार्यक्रमहरुलाई तिव्र गतिले अगाडी बढाइ रहेको अवस्थामा मुख्य चुनौतीको रुपमा रहेको बाल विवाह झन पछि झन बढिरहेको पाइएको छ ।।