तुलसीपुर, ९ असार । सांसद कमला बिश्वकर्माले संविधानमा उल्लेख भएका कुरालाई लागु गर्नका लागी कानुन निर्माणको आबश्यक रहेको बताउनु भएको छ । कानुन निर्माण नहुदा सविधानमका मुद्धाहरु कागजमा मात्र सीमित हुने भन्दै कार्यन्वयनका लागी कानुन निर्माण अनिवार्य रहेको बताउनु भएको छ ।

13518288_566463800208218_605010420_oदलित महिला संघ दाङले आज तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा वोल्दै सांसद विश्वकर्माले दलित समुदायहरुका हरेक मुद्धाहरु सविधानमा उल्लेख भए पनि कानुन निर्माण नहुदा कार्यन्वयनमा समस्या हुने बताउनु भएको छ । दलित समुदायको हक र अधिकार प्राप्तीका लागी सविधानले हरेक समस्यालाई समेटेको दावी गदै उहाले कानुन निर्माण गर्न सके मात्र कार्यन्वयनमा दवाव दिन सकिने बताउनु भएको छ । संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै सांसद विश्वकर्माले दलित समुदाय माथि समाजमा हुने जातिय विभेद अझै पनि उस्तै रहेको बताउदै उहाले विभेदलाई अन्त्य गर्नका लागी राज्यले नै यसको नेतृत्व गर्नु पर्ने बताउनु भएको छ ।

उहाले सयौ वर्ष देखी समाजले गदै आएको जातिय विभेदलाई अन्त्य गर्नका लागी सरकारी तथा गैर सरकारी संस्थाले मात्र चाहेर नहुने भन्दै राज्य स्तरबाटै जिम्मेवार भएर प्रसासन लाग्नु पर्ने बताउनु भएको थियो । साथै दलित समुदायका वालवालिकालाई कक्षा १ देखी प्लस टु सम्म निशुल्क शिक्षा दिने व्यवस्था गरीए पनि त्यो व्यवहारमा कार्यन्वयन हुन नसकेको बताउनु भएको छ । दलित समुदायका अधिकांस मुद्धाहरु कागजमा मात्र सिमीत भएकाले अव सवै मुद्धाहरु कार्यन्वयनका लागी कानुन निर्माणको खाचो रहेको उहाले बताउनु भएको छ ।

त्यस्तैगरी कार्यक्रममा नेपाल राष्टिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले राजनितिक विचारले अलग भएता पनि वर्गीय हिसाव सम्पुर्ण दलित अघुवाहरु एक जुट हुनु पर्ने बताउनु भएको थियो । उहाले जातिय छुवाछुत, निशुल्क शिक्षा लगाएतका विषयहरु अझै पनि कार्यन्वयन हुन नसेको भन्दै कार्यन्वयनका लागी दलित अघुवाहरु संगठित भएर दवाव दिनु पर्ने बताउनु भएको थियो ।

साथै उहाले दलित समुदायका विद्यार्थीहरुलाई राज्यले निशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्ने धारणा राख्नु भएको थियो । सो अवसरमा दलित सेवा संघका अध्यक्ष ईश्वरी विश्वकर्मा, दलित महिला एकता केन्द्रा उपाध्यक्ष मिना नेपाली , दलित महिला संघका कोषाध्यक्ष सितारा नेपाली,राप्ती पोष्ट दैनिकका लक्ष्मण विश्वकर्मा लगाएतले आ. आपनो विचार राख्नु भएको थियो ।।