घोराही,९ असार । दाङका एक किशोरलाई हत्यार गरेको अभियोगमा दुई ब्यक्ति पक्राउ परेका छन् । दाङको घोराही ९ रातामाटाका एक किशोरको हत्या गरेको अभियोगमा घोराही ९ रातामाटाकै १६ बर्षिय शुसिल चौधरी र घोराही ७ का प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

parkauघरबाट हराएका १६ बर्षिय अर्जुन सुनारको घोराही १० मा पर्ने मनकामना महिला सामुदायिक वनमा सडेको अबस्थामा यहि असार ६ गते शब फेला परेको थियो ।

शबको प्रकृती हेर्दा हत्या भएको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धान पश्चात दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरिक्षक एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेको ती दुई जनाले नै अर्जुन सुनारको हत्या गरेको अनुसन्धानबाट खुलेको र अभियुक्तहरुले पनि स्विकार गरेको एसपी सिंहले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको चौधरी र सुनारलाई आजै म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

व्यक्तिगत रिसिईबीका कारण कुटपिट हुदा अर्जुनको मृत्युभएपछि जंगलमा लगेर फालेको उनीहरुले बयान दिएका छन् । पहिले देखी नै ति किशोरहरु बिच झगडा हुदै आएको र कुटपिट पछि मृत्युभएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख एसपी सिंहले बताउनुभयो ।।